महोत्तरीमा नतिजा आउन बाँकी आठ तहमध्ये ४ मा राजपा अगाडि


महोत्तरीका १५ स्थानीय तहमध्ये सात वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

बाँकी रहेका आठ स्थानीय तहमा सदरमुकाम जलेश्वसहित चार ठाउँमा राजपा उम्मेदवार अगाडि छन्।

राजपा उम्मेदवारले अग्रता लिइरहेका स्थानीय तह जलेश्वर, भंगाहा, मटिहानी र मनरा शिवसा नगरपालिका हुन्।

ल्लाको बर्दिबास नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ भने पिपरा गाउँपालिकामा एमाले उम्मेदवारको अग्रता छ।

मगोपालपुरमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् भने एकडरा गाउँपालिकामा संघीय समाजवादी फोरमले अग्रता लिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.