राजपाकी निर्वाचित वडा सदस्यको मृत्यु


सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैंतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण आज मृत्यु भएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दलित महिला सदस्यमा उनी बुधबार निर्वाचित भएकी थिइन्। जितको खबरसँगै गाउँटोल तथा छरछिमेकमा घुम्दै खुशी साट्दै गर्दा हृदयाघातका कारण उनको मृत्यु भएको वडा सदस्य शिवचरण मण्डलले बताए । उनका एक छोरा र दुई छोरी छन् । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.