लहानमा एमालेले लियो अग्रता


सिराहा लहान नगरपालिकाको पछिल्लो मतगणना अनुसार नेकपा एमालेले अग्रता लिएको छ। अघिल्लो परिणामअनुसार यहाँ उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले अग्रता लिइरहेको थियो।

पछिल्लो मतपरिणामअनुसार मेयरमा एमाले उम्मेदवारले १०१४ मत पाएका छन्।

एमालेलाई पछ्याउँदै राप्रपा उम्मेदवारले ८६९ मत पाएका छन् भने तेस्रो स्थानमा फोरम छ। फोरमका मेयर उम्मेदवारले हालसम्म ८३८ मत पाएका छन्।

नेपाली कांग्रेस  भने ८०४ मत पाउँदै सबैभन्दा पछि छ।

यो पनि हेर्नुहोस्

एमालेले लहान पूर्वको टीकापुर बनाउन सक्छ?

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.