तेस्रो चरणको स्थानीय तहको निर्वाचन: शान्तिपूर्ण रुपमा सम्पन्न


सोमबार भएको प्रदेश नं २ का ८ जिल्लाका १३६ स्थानीय तहमा मतदान शान्तिपूर्ण तवरले सम्पन्न भएको छ ।

निर्वाचन अायोगले जानकारी दिएअनुसार मतदान गर्ने समय सकिएको भएतापनि  लाइनमा बसेका मतदाताहरूले भने मतदान गर्न पाउने छन् ।

मतपेटिका मतगणनास्थलमा ल्याउने कार्य सुरू भएको छ ।

केहि स्थानमा मत गणना अाजै रातिबाट सुरू हुने बताइएको छ ।

६६ सय २७ पदका लागि ३७ हजार २ सय ३६ उम्मेदवार छन् । जसमध्ये १४ हजार तीन सय ३७ महिला र २२ हजार आठ ६१ पुरुष छन् ।

निर्वाचन आयोगका अनुसार नगरप्रमुख तथा अध्यक्षमा पुरुष १७ सय नौ र महिला ६१ जना उम्मेदवार छन् । नगर उपप्रमुख र उपाध्यक्षमा भने महिलाको उम्मेदवारी बढी छ । नगर उपप्रमुख र उपाध्यक्षमा एक सय ९७ पुरुष र नौ सय १९ महिला उम्मेदवार छन्।

आयोगको तथ्यांकअनुसार वडाध्यक्षमा पुरुष आठ हजार ५२ र महिला दुई सय २३ जना उम्मेदवार छन् । हालसम्म आठजना निर्विरोध भइसकेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.