ट्राफिक प्रहरी महाशाखाको प्रमुखमा सर्वेन्द्र खनाल


महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखमा एसएसपी सर्वेन्द्र खनालको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता रहेका खनाललाई ट्राफिक महाशाखामा सरुवा गरिएको आइजिपी सचिवालयका एसएसपी पुष्कर कार्कीले जानकारी दिए।

उनका अनुसार महाशाखा प्रमुख डिआइजी मिङमार लामालाई प्रधान कार्यालय तानिएको छ।  लामा एआइजी बढुवाको सिफारिसमा परेका छन्। खनाल पनि डिआइजी बढुवाको सूचीमा एक नम्बरमा छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.