बाँके निर्वाचन क्षेत्र २ मा एमाले उम्मेदवारको अग्रता देखिएको छ।
प्रारम्भिक मत गणना अनुसार एमालेका मोहम्मद इस्तियाक राईले ८८२ मतका साथ अग्रता लिएका छन्।
त्यस्तै कांग्रेसका सुधान्सु कोइरालाले ६७२ मत पाएका छन्।
रास्वपाका विवेककुमार श्रेष्ठले ४९२ मत पाएका छन्।