चितवन क्षेत्र नम्बर २ को मतगणनामा अहिलेसम्म अग्रता लिएका नेकपा एमालेका अस्मिन घिमिरेलाई उछिन्दै राष्ट्रि स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पहिलो भएका छन्।
उनले ११५८ मत ल्याएर अग्रस्थानमा आइपुगेको मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए।
नेकपा एमालेका अस्मिन घिमिरेले भने ९०८ मत ल्याएका छन्।
त्यस्तै यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरूङले अहिलेसम्म ७७६ मत ल्याएका छन्।
नेपाली कांग्रेसकी मिना खरेलले ५३१ ल्याएकी छन्।