काठमाडौं क्षेत्र नम्बर ५ मा पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेलले अग्रता कायम राखेका छन्।
अहिलेसम्मको गणना गर्दा उनले ३७०२ मत पाएका छन्।
उनीपछि छन् नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल छन्। उनले १०९० मत ल्याएका छन्।
एमालेका नेता ईश्वर पोखरेलले ७०० भोट पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले १६५ मत ल्याएका छन्।
उज्यालो नेपाल पार्टीले अहिलेसम्म ११३ मत ल्याएको छ।
त्यस्तै गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) कि निशा अधिकारीले ४ मत पाएकी छन्।