जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेका अनुसार ज्यान गुमाउनेको कुल संख्या ५१ पुगेको हो।
जसमध्ये तीन जना प्रहरी छन्। त्यसबाहेक २१ जना प्रदर्शनकारी, १८ जना अन्य, ९ जना कैदीबन्दी छन्।
घाइतेहरू चार सयभन्दा बढी छन्।
शुक्रबारदेखि अन्य भौतिक संरचनाको विवरण पनि आउने डिआइजी घिमिरेले बताए।