नेपाली सेनाले दुईवटा हटलाइन नम्बर जारी गरेको छ।
मंगलबार राति १० बजेदेखि देशभरि सेना खटिसकेको छ। यसबीच आपराधिक तथा अपराजक गतिविधि बढ्न सक्ने भन्दै नेपाली सेनाको जंगी अड्डाले दुईवटा हटलाइन नम्बर जारी गरेको हो।
सेनाले ०१–५९७९२२३ र ०१–५९७९२२४ मा सम्पर्क गर्न सकिने जनाएको छ।
नेपाली सेनाले अहिले देशका विभिन्न स्थानमा अराजक गतिविधि रोक्न चेतावनी दिइसकेको छ। सेनाले अब शान्ति सुरक्षा र जनताको सुरक्षाका लागि खटिने बताएको छ।