प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।
नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा बिहीबार आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले तराई मधेसमा यस वर्ष सुख्खा लागेकोले राम्रो खेती हुन नसकेको अवस्थामा सिचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको बताउँदै उनले सुनकोशी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायत आयोजना छिटो सक्न पनि निर्देशन दिएको जानकारी दिए।
प्रधानमन्त्री ओलीले सबै नेपालीले हरेक साउन १५ मा खुसीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न आग्रह गरे।