काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/ ८३ को बजेट ल्याएको छ।
आइतबार राष्ट्रिय सभा गृहमा बसेको नगर सभा बैठकमा उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट पेश गरेका हुन्।
यही नगरसभा सुरूमा मेयर बालेन शाहले नीति तथा कार्यक्रम पेश गरेका थिए। नीति तथा कार्यक्रम पेश गरेपछि उपमेयर डंगोलले बजेट पेश गरेकी हुन्।
महानगरले २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट ल्याएको छ। महानगरले सबैभन्दा धेरै बजेट भौतिक तथा पूर्वाधार क्षेत्रमा विनियोजन गरेको छ।
यस्तै, पूर्वाधारमा ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि बजेट ल्याएको छ।