कुलिङ पिरियडका सम्बन्धमा राज्य व्यवस्था एवं सुशासन समितिबाट भएको त्रुटिको छानबिन समितिको नेतृत्व गरिरहेका नेपाली कांग्रेस सांसद जीवन परियारलाई छानबिन विशेष समितिको संयोजक भन्ने कि सभापति भन्नेमा विवाद देखिएपछि सभापति भन्ने विषयमा सहमति बनेको छ।
प्रतिनिधि सभाको नियमावलीको नियम १८० अनुसार बनेको विशेष समितिको नेतृत्वकर्ताको पद सभापति नै हुनुपर्ने अडान छानबिन समितिका सांसदहरूले राखेपछि सभामुख देवराज घिमिरेले समितिको संयोजकको ठाउँमा सभापति राख्ने गरी सच्याउन लागेका हुन्।
संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले छानबिन समितिको नेतृत्व गरिरहेका नेपाली कांग्रेस सांसद जीवन परियारलाई छानबिन विशेष समितिको सभापति भन्ने गरी सच्याउन लागिएको जानकारी दिए।
सभामुख देवराज घिमिरेले असार २३ गते समिति घोषणा गर्दा जीवन परियारलाई संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिका संयोजक भनेका थिए। तर सांसदहरूले आपत्ति जनाएपछि सच्याएर सभापति बनाउन लागिएको हो।
यो पनि: जीवन परियारलाई छानबिन विशेष समितिको संयोजक भनिएकोमा सांसदहरूको आपत्ति