प्रधानमन्त्री केपी शर्मा ओली संसदमा सम्बोधन गरिरहेका छन्।
सोमबार दिउँसो सुरू भएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन्।
प्रधानमन्त्री ओलीले भर्खरै सम्पन्न भएको विदेश भ्रमणको विषयमा जानकारी गराउने छन्। साथै समसामयिक राजनीतिक विषयमा पनि बोल्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
प्रधानमन्त्री ओली स्पेनको भ्रमण गरी असार २० गते स्वदेश फर्किएका थिए।
विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन उनी असार १४ गते स्पेन प्रस्थान गरेका थिए।
औपचारिक भ्रमणबाट फर्केपछि प्रधानमन्त्रीले त्यसमा भएका उपलब्धीहरू संसदलाई जानकारी गराउने प्रचलन छ।