मन्त्रिपरिषद् बैठक बस्दै छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो १ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका हुन्।
बैठक सिंहदरबारमा बस्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार रामशरण बजगाइँले जानकारी दिए।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गर्छ।
प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै छन्। त्यसअघि उनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
प्रधानमन्त्री ओली स्पेनमा यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिनेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ।
प्रधानमन्त्रीले भ्रमणकै दौरान त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तरक्रिया गर्नेछन्। सम्मेलनका क्रममा प्रधानमन्त्रीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट समेत गर्नेछन्।