राष्ट्रिय स्वतन्त्र पाटींकी सांसद सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउन माग गरेकी छन्।
शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिलेसम्म जनताको माग राखेर आन्दोलन गर्दा सदनमा जनताको आवाज नसुनिएको बताएकी हुन्।
'अहिलेसम्म पनि सरकारले संसदीय छानविन समिति, उच्चस्तरीय छानविन आयोग बनाउँछु भनेर कतै पनि जनताको आवाजको सुनुवाइ गरेको छैन । जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने ?,' उनले भनिन्।
सांसद श्रेष्ठले भिजिट भिसाबाटै रसिया, खाडी मुलुकमा नेपालीहरु जाने गरेको बताइन्।
' सरकार कसको लागि ? निर्बल दुर्बलको लागि की शक्ति भएकाहरुको लागि ? कहिलेसम्म हाम्रा युवाहरु देश छोडेर बाहिरिने ? एक करोड खर्च गरेर अमेरिका जान तयार हुन्छन्, एक वर्ष लगाएर किन ? त्यसमा पोलिसी रिफर्म गर्न पर्दैन ?,’ उनले भनिन्। -न्युज एजेन्सी नेपाल