अनेरासस्ववियुको महाधिवेशनमा मतदान कार्यतालिकामा हेरफेर भएको छ।
बुधबार बिहान १० बजेदेखि मतदान गर्ने भनिए पनि बेलुकी ८ बजेपछि मात्रै मतदान सुरू हुने गरी कार्यतालिका संशोधन भएको अध्यक्ष मण्डलले जनाएको छ।
कीर्तिपुरस्थित त्रिवि स्मृति हलमा महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारहरूको नामावली प्रकाशन र रूजुका कार्य भइरहेको छ।
अनेरास्ववियुमा यसपालिदेखि ३२ वर्षे उमेर हद लागू गरिएकोले उम्मेदवारहरूको कागजात भिडाएर रूजु गर्ने काम भइरहेको अध्यक्ष मण्डलले जनाएको छ।
महाधिवेशनमा १ हजार ५३४ जना प्रतिनिधि छन्।
९ पदाधिकारी, ४९ सचिवालय सदस्य र १५१ सदस्यीय केन्द्रीय कमिटीका लागि ५ सय २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
