प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ।
दिउँसो दुई पटकसम्म सरेर बेलुका साढे ६ बजेदेखि सुरू भएको प्रतिनिधि सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो।
बैठक सुरू हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।
सभामुख देवराज घिमिरेले बैठक चल्ने वातावरण बनाउन आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरूले विरोध जारी राखेका थिए।
बैठक सुरू भएको केही मिनेटमै सभामुख घिमिरेले कार्यसूची हटाएर भोलिसम्मका लागि स्थगित भएको घोषणा गरेका हुन्।
बैठक भोलि दिउँसो २ बजे बस्ने बताइएको छ।
सभामुख घिमिरेले सदन खुलाउनका लागि दलहरूबीच छलफल चलिरहेको र त्यसले सकारात्मक परिणाम निस्कने विश्वास व्यक्त गरे।