पटकपटक सरेको प्रतिनिधि सभाको बैठक सुरू भएको छ।
आइतबार साढे ६ बजे प्रतिनिधि सभाको बैठक सुरू भएको हो।
भिजिट भिसा प्रकरणमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद बैठक अवरोध गर्दै आएका छन्।
अहिलेको संसद बैठकमा पनि विपक्षी दलले अवरोध गर्ने तयारी गरेका छन्।
बैठक अघि सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटाउने प्रयास भएको थियो। तर कुनै निष्कर्ष निस्किन सकेको छैन।
लाइभ: