प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखिएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले सरकारले ३ करोड भन्दा कम बजेटका आयोजनाहरू संघ अन्तर्गत नराखिएको दाबी गरिरहेको तर सहरी विकास मन्त्रालयको विनियोजित बजेटमा २ लाखसम्मका आयोजना रहेको पाइएको दाबी गरेका हुन्।
'यस पटक १ खर्ब १८ अर्ब पुगेको छ। २६ अर्ब त यसै पनि बढ्यो। तर उसको शिलिङ झन्डै ७२ अर्ब मात्रै थियो। त्यहाँ मन्त्री नै आफै आश्चर्य कहाँ बढ्यो थाहै नपाउने। हिजो मन्त्रालयको विनियोजन आएको छ। मन्त्रालयको विनियोजनमा दुई लाखका योजनाहरू रहेछन्। अनि किन यो ३ करोडको भनेर उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीलाई सोध्दा होइन, २५ लाख भन्दा मुनिको त हालेको छैन भन्नुभयो। यी दुई लाखको छ भन्दा उहाँ बोल्न सक्नुभएन,' उनले भने।
उनले यसपटक सहरी विकासको बजेटमा मनपर्दी गरिएको पनि बताए।
'एउटै सहरी विकास मन्त्रालयकै हेर्दा पनि त्यस्तै ३० देखि ३२ अर्ब चलखेल गरेको देखिन्छ । मसिना सबैखाले आफूखुसी राखेको देखिन्छ,’ उनले भने।
बजेटमा १६ औं योजनाको कुनै चर्चा नरहेको पनि उनले बताए।