नेपालमा यसपालिको मनसुन भित्रिएको छ।
नेपालमा सरदरभन्दा १५ दिन अगावै मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले शुक्रबार बुलेटिन जारी गर्दै गए रातिबाटै नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गरी कोशी प्रदेशको अधिकांश क्षेत्रमा विस्तार भइसकेको उल्लेख गरेको छ।
यसकै प्रभावले कोशीका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम वर्षा मापन भएको विभागले जनाएको छ।
नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ अर्थात् जेठ ३० गते हो। सरदरभन्दा १५ दिन अघि नै मनसुन भित्रिएको विभागको भनाइ छ।
नेपालका अन्य भू-भागमा मनसुन विस्तार हुन केही समय लाग्नेछ। नेपालमा सन् १९६८ देखि वर्षा मापन गर्न थालिएको थियो।त्यसयता छिटो मनसुन भित्रिएको अहिले हो। यसअघि ३१ मे १९९६ मा छिटो मनसुन भित्रिएको थियो।