नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' को आह्वानमा शुक्रबार पनि माइतीघर-बबरमहल क्षेत्रमा प्रदर्शन भएको छ।
सुवेदी नेतृत्वको समितिले रत्नपार्कमा बिहीबार प्रदर्शन गर्दै 'जनआन्दोलन' सुरू गरेको थियो। शुक्रबार पनि प्रदर्शन जारी छ।
सुवेदी नेतृत्वले गरेको 'जनआन्दोलन' मा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायत दल तथा समूहहरूले समर्थन जनाएका छन्।
संयोजक सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत आन्दोलनमा उपस्थित छन्।
राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना, संघीयता खारेजीलगायत एजेन्डामा राजावादीहरूले प्रदर्शन गर्दै आएका छन्।
तस्बिरहरू:
-ink-1748595600.jpeg)
-ink-1748595600.jpeg)
-ink-1748595599.jpeg)
-ink-1748595599.jpeg)
-ink-1748595598.jpeg)
-ink-1748595598.jpeg)
-ink-1748595597.jpeg)
-ink-1748595597.jpeg)
-ink-1748595596.jpeg)
-ink-1748595596.jpeg)
-ink-1748595595.jpeg)
-ink-1748595595.jpeg)
-ink-1748595594.jpeg)
सबै तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी।