प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो मन्त्रिपरिषद बैठक बसेको छ।
आर्थिक वर्ष २०८२/८३ का लागि बजेट अनुमोदन गर्न मन्त्रिपरिषद बैठक बसेको हो।
बिहीबार अपराह्न ३ बजे संघीय संसदको बैठकमा बजेट पेस हुँदैछ। यसअघि आजकै प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गरिसकेका छन्।