अर्थमन्त्री विष्णु पौडेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका छन्।
बजेट अनुमोदनका लागि मन्त्रिपरिषद बैठक बस्दैछ। मन्त्रिपरिषद बैठकमा भाग लिन पौडेल बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका हुन्।
मन्त्रिपरिषदले बजेट अनुमोदन गर्नेछ। लगत्तै बस्ने संघीय संसद बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत हुनेछ।
यसअघि आजकै प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण प्रस्तुत गरिसकेका छन्।
तस्बिरहरू:




सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी।