नेकपा (एमाले) धनुषा जिल्ला अधिवेशनबाट अध्यक्षमा भोला यादव निर्वाचित भएका छन्।
आठौं अधिवेशनमा भोला यादव र लक्ष्मीनारायण यादवबीच प्रतिस्पर्धा भएको थियो।
भोलालाई एमाले सचिव रघुवीर महासेठको समर्थन थियो भने लक्ष्मीनारायणलाई उमाशंकर अरगरियाको समर्थन थियो।
भोलाले लक्ष्मीनारायणलाई हराएका हुन्। भोलाले ४०२ मत ल्याएका थिए भने लक्ष्मीनारायणले २०० मतमात्रै ल्याएका थिए। निर्वाचनमा ६२८ मत खसेको थियो।
उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दीपनारायण ठाकुर, उपसचिवमा सविनविक्रम थापा निर्वाचित भए।
महिला उपसचिवतर्फ रुकाकुमारी मिश्र र लेखा समितिको संयोजकमा वीरेन्द्रलाल कर्ण निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।