प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन्।
प्रधानमन्त्री ओलीको सचिवालय स्रोतका अनुसार बुधबार राज्यमन्त्री तामाङलाई बर्खास्त गरिएको हो।
केही समयदेखि राज्यमन्त्री पदबाट राजीनामा दिन नेपाली कांग्रेसले तामाङलाई आग्रह गर्दै आएको थियो।
उनले राजीनामा नदिएपछि बर्खास्त गरिएको हो।
तामाङलाई २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्री बनाइएको थियो।
तामाङ २०७८ मा भएको कांग्रेसको १४ औं महाधिवेशनमा रामेछाप सभापति निर्वाचित भएका थिए।
उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।
२०७९ मंसिरमा भएको निर्वाचनमा उनी रामेछापबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।