नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ।
कांग्रेसले वैशाख १७ गतेबाट केन्द्रीय समिति बैठक बस्ने तय गरेकोमा बुधबार विज्ञप्ति निकालेर अर्को सूचना नआउँदासम्म स्थगित गरिएको उल्लेख गरेको हो।
केन्द्रीय कार्यसमितिको बैठक वैशाख १७ गते बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएकोमा उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यसअघि केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रमुख सचेतक श्यामकुमार घिमिरेले वैशाख १२ गतेदेखि संघीय संसद अधिवेशन सुरू हुने भएकोले सांसदहरू संसदमै व्यस्त हुनुपर्ने भएकोले केन्द्रीय समिति बैठक स्थगित गर्न सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए।