काठमाडौं महानगर प्रहरी बलका राजुनाथ पाण्डेलाई कारबाही गर्न माग गर्दै महानगरका कर्मचारी तथा पेसागत संगठनले ज्ञापनपत्र बुझाएका छन्।
बिहीबार राजुनाथ पाण्डेलाई कारबाहीको माग गर्दै संगठनले ज्ञापनपत्र बुझाएको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जानकारी दिए।
उनीहरूले ११ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन्।
चैत २१ गते महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले मेयर बालेन शाहले कार्यकारीलाई कार्यालयमा छिर्न नदिनू भन्दै आदेश दिएको भनेर गुरागाईंलाई प्रवेश गर्न नदिन नगर प्रहरी परिचालन गरेका थिए। त्यसैले पाण्डेलाई महानगर प्रहरी ऐन अनुसार तत्काल निलम्बनमा गरी छानबिन गर्न माग उनीहरूले गरेका छन्।
हेर्नुहोस् ज्ञापनपत्रः

-1744276811.jpeg)
-1744276810.jpeg)