नेपाल बार एशोसिएसनको चुनावमा पनि सत्ता र प्रतिपक्षी गठबन्धन बनाएर प्रतिस्पर्धा भयो।
सत्तापक्ष नेपाली कांग्रेस र नेकपा (एमाले) निकट कानुन व्यवसायीहरूको संगठन मिलेर आधा-आधा उम्मेदवार उठाएर सबै पद जिते। राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट कानुन व्यवसायीहरू पनि सत्तापक्षीय गठबन्धनमा सामेल थिए। त्यसै कारण राप्रपा निकटले एक सदस्य जितेका छन्।
यो पनि: नेपाल बारको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित
बारको अध्यक्षमा कांग्रेसनिकट कानुन व्यवसायीको संस्था डिएलएबाट वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र निर्वाचित भए भने महासचिवमा एमालेनिकट कानुन व्यवसायी संस्था पिएलएका केदारप्रसाद कोइराला निर्वाचित भए।
प्रतिपक्षी गठबन्धन (माओवादी-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी र नेत्रविक्रम चन्द 'विप्लव' नेकपा) निकट कानुन व्यवसायीका संगठनहरूले संयुक्त उम्मेदवार उठाएका थिए।
माओवादी निकटबाट अध्यक्षमा रमनकुमार श्रेष्ठ र रास्वपानिकटबाट महासचिवमा यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको थियो। बिहीबार सार्वजनिक मतपरिणामअनुसार उनीहरू पराजित भए।
प्रतिपक्षी दलहरूको गठबन्धनबाट अध्यक्षमा उम्मेदवारी दिएका श्रेष्ठले २६२१ मत ल्याए भने महासचिव न्यौपानेले २३६७ मत ल्याएका थिए। जबकि सत्ता गठबन्धननिकट अध्यक्षका उम्मेदवार मिश्रले पाँच हजार ५२ र महासचिव कोइरालाले ४८७४ मत ल्याएका थिए।
हेर्नुस् मत;

