नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।
तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षकहरूले दिनहुँ माइतीघर-बबरमहल-बानेश्वर क्षेत्रका सडकमा प्रदर्शन गर्दै आएका छन्।
सरकारले पटकपटक वार्तामा बोलाए पनि शिक्षकहरू वार्तामा गएका छैनन्। विगतमा गरिएको सहमतिअनुसार विद्यालय शिक्षा ऐन ल्याउन उनीहरूको माग छ।
यसैबीच बिहीबार बानेश्वर क्षेत्रको तीनवटै सडक लेनमा शिक्षकहरूले प्रदर्शन गर्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको छ। शिक्षकहरूलाई एउटा लेनमा मात्र प्रदर्शन गर्न प्रहरी प्रशासनले आग्रह गर्दै आएको थियो।
तस्बिरहरू:
-1744269360.jpg)
-1744269359.jpg)
-1744269359.jpg)
-1744269359.jpg)
-1744269358.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी।