राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको जनप्रदर्शनमा सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ।
हजारौं संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटिएका छन्।
केहीबेरमा राप्रपाले काठमाडौंको बल्खुमा प्रदर्शन र आमसभा गर्ने भएको छ।
विभिन्न ठाउँबाट र्याली बल्खुमा पुगेर आमसभामा रूपान्तरित हुनेछ।
आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका शीर्ष नेताहरूले सम्बोधन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
राजसंस्था पुनर्स्थापना, संघीयता खारेजीलगायत एजेन्डासहित राप्रपाले प्रदर्शन र आमसभा गर्न लागेको हो।
राप्रपाले पार्टी वा राष्ट्रिय झन्डा लिएर प्रदर्शन र आमसभामा आउन अपिलसमेत गरेको छ।
राप्रपाले भृकुटीमण्डपमा कार्यक्रमका लागि अनुमति मागे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्यस क्षेत्रमा शिक्षक लगायतको आन्दोलन रहेको भन्दै सुरक्षाका कारण देखाएर बल्खु वा सिफल चौरमध्ये एक ठाउँमा कार्यक्रम गर्न भनेको थियो।
तस्बिरहरू:
-1744091187.jpg)
-1744091185.jpg)
-1744091185.jpg)
-1744091184.jpg)
-1744091185.jpg)
-1744091185.jpg)
-1744091183.jpg)
-1744091184.jpg)
-1744091183.jpg)
-1744091183.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी