२०७९ सालको निर्वाचनमा दैलेखको महाबु गाउँपालिकामा एकीकृत समाजवादीले तेस्रो मत प्राप्त गरेको थियो।
कांग्रेसका लछुमन गुरूङले २ हजार ९ सय ७९ मत ल्याएर गाउँपालिका अध्यक्ष निर्वाचित हुँदा एकीकृत समाजवादीका जंगबहादुर शाहीले २ हजार २ सय ६८ मत ल्याएका थिए।
तर अढाइ वर्षमा एकीकृत समाजवादीको त्यो मत कायम रहेन।
२०७४ का गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका शाही नेकपा (एमाले) फर्किए।
एमालेले उनैलाई टिकट दियो। यो उपनिर्वाचनमा उनले ३ हजार १२७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार झलकबहादुर भण्डारी २ हजार ६ सय ७५ मतसहित दोस्रो भए।
तेस्रो मत (८४२) माओवादी केन्द्रका जंगबहादुर बरालले ल्याउँदा एकीकृत समाजवादीका जगतबहादुर हमालले जम्मा ४ मत ल्याए।
एकीकृत समाजवादीले रौटहटको गढीमाई नगरपालिका–८ को चुनाव जितेर उपस्थिति देखायो।
गढीमाई नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा एकीकृत समाजवादीका बजरंगीप्रसाद यादवले ६५५ मत ल्याएर निर्वाचित हुँदा उम्मेदवारी दिएका अन्य ठाउँमा जमानत मात्र खोसिएन मत नै नगण्य आयो।
तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा एकीकृत समाजवादीले जम्मा २ मत प्राप्त गर्यो।
यसअघि राम्रो मत प्राप्त गरेको काठमाडौंको कीर्तिपुर नगरपालिकामा पनि एकीकृत समाजवादीको मत जोगिएन।
२०७९ सालको निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुखको निर्वाचनमा एकीकृत समाजवादीका उम्मेदवार बटुकृष्ण थापाले १ हजार १ सय ५३ मत ल्याएका थिए।
अहिले कीर्तिपुरमा माओवादी केन्द्रका शिवशरण महर्जनलाई समर्थन गरे पनि एकीकृत समाजवादीको मत त्यता ट्रान्सफर भएको देखिएन। अर्थात् एकीकृत समाजवादीको मत नै घट्यो।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ को निर्वाचनमा पनि एकीकृत समाजवादीको मत उल्लेख्य घट्यो।
२०७९ सालको निर्वाचनमा काठमाडौं–१६ बाट उम्मेदवार बनेका एकीकृत समाजवादीका लक्ष्मण गमालले १ हजार ५ सय ८९ मत ल्याएर तेस्रो बनेका थिए।
अहिले चौथो मत ल्याएका एकीकृत समाजवादीका मीनबहादुर महर्जनले एक हजार ९२ मत ल्याए।
चुनाव भएका ४२ ठाउँमध्ये एकीकृत समाजवादीले १५ ठाउँमा मात्रै उम्मेदवारी दिएको थियो। कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा उसले माओवादी केन्द्रलाई समर्थन गरेको थियो।
यो उपनिर्वाचनमा एकीकृत समाजवादीले ३ हजार ७ सय ५७ मात्रै मत ल्यायो।
यो पनि:
३२ ठाउँमा उम्मेदवारी दिएको राप्रपाले पायो जम्मा ४ हजार मत
कीर्तिपुरको चुनावले कांग्रेस र एमालेलाई देखाएको ऐना
रास्वपाः काठमाडौं-१६ मा जित, अन्य सबैतिर निराशाजनक परिणाम!
काठमाडौं–१६ मा रास्वपाको जितको अर्थ
एकीकृत समाजवादीले यो उपचुनावमा ल्याएको मत परिणामः