प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान चीन प्रस्थान गरेका छन्।
हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन्।
चीन प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले गार्ड अफ अनर दिएको थियो।
उनलाई विदाई गर्न उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखक मात्रै विमानस्थल पुगेका थिए।
प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल सोमबार साँझ पाँच बजे चीनको बेइजिङ पुग्नेछ।
दुईपक्षीय भेटवार्ता भने मंगलबारमात्रै हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
मंगलबार प्रधानमन्त्री ओलीले मंगलबार चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ, चिनियाँ जनकंग्रेसका स्थायी कमिटी सदस्य झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीले बुधबार पेकिङ युनिभर्सिटीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
तस्बिरहरूः