प्यालेस्टानमा इसरलाइलले लगातार आक्रमण गरेकोविरूद्ध काठमाडौंमा प्रदर्शन भएको छ।
प्यालिस्टिनीमाथि इसराइलबाट भएको जनसंहारविरूद्ध संयुक्त अभियानको आयोजनामा सोमबार दिउँसो काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गरिएको हो।
प्रदर्शनमा राजनीतिक दलका नेताहरू, बृहत नागरिक आन्दोलनका प्रतिनिधिहरू, सामाजिक जीवनका सम्मानित व्यक्तित्वहरू, मानवअधिकारवादी संगठन लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागी छ।
शान्तिपूर्ण प्रदर्शनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका महासचिव देव गुरूङ पनि सहभागी थियो।
शान्तिबाटीकाबाट शान्तिपूर्ण मार्च गर्दै लाजिम्पाट पुगेर इसराइली राजदूतलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो। त्यसतर्फ अगाडि बढ्दै जाँदा प्रहरीले बीचबाटो बाटै फर्काइदिएको छ।
अब हुलाकमार्फत ज्ञापनपत्र बुझाउने अभियानको तयारी छ। साथै मंसिर ८ गते माइतीघरमा प्रदर्शन गर्ने पनि बताइएको छ।
तस्बिरहरूः