नेपाल तरूण दलको संशोधित विधान पारित भएको छ।
भक्तपुरस्थित लोकन्थलीमा असोज ५ र ६ गते बसेको केन्द्रीय समिति बैठकले विधानमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको केन्द्रीय सदस्य दीपेन्द्र पोख्रेलले जानकारी दिए।
२०८० चैत १५ गते बसेको केन्द्रीय समिति बैठकले तरूण दलको पाँचौं महाधिवेशन गर्न विधान संशोधन गर्ने निर्णय गरेको थियो।
धनराज तुम्बापो संयोजक, मुना भुषाल, कृष्ण रिजाल, विवेक न्यौपाने, लोकहरि पौडेल र कार्यालय मुख्यसचिव ठानप्रसाद पोख्रेल सदस्य सचिव रहने गरी विधान संशोधन मस्यौदा समिति बनेको थियो।
अध्यक्ष विद्वान गुरूङले अब तरुण दल पाचौं महाधिवेशन उन्मुख भएको बताएका थिए।