काठमाडौं महानगरपालिकाले महानगरभित्रका मुख्य सडकमा सिसीटिभी र बत्ती जडान गर्ने भएको छ।
उपमेयर सुनिता डंगोलले तीन महिनाभित्र मुख्य सडकमा सिसीटिभी र बत्ती जडान गरिने बताइन्।
यसका लागि नेपाल विद्युत प्राधिकरण र प्रहरीहरूसँग पनि सम्झौता गरिसकिएको उनको भनाइ छ।
उनले धुलोरहित सडकका लागि महानगरले एक अर्बको टेन्डरसमेत अघि बढाइसकिएको बताइन्।
‘सडकका खाल्डा पुर्नेदेखि फुटपाथलाई व्यवस्थित बनाउँछौं,’ उनले भनिन्।
महानगरले सडकपेटी खाली गरिराखेको उनले बताइन्। पैदल यात्रीलाई हिँड्न सजिलो बनाउन सडकपेटी खाली गरिएको उनको भनाइ छ।
‘पैदलयात्रीमैत्री फुटपाथ बनाऔं,’ उनले भनिन्, ‘हामीले सवारी साधन पार्किङलाई पनि व्यवस्थित बनाउँदै लगेका छौं।’
भिडिओ: