सत्ता गठन्धनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मन्त्रालय नराखिकन भागबन्डा गरेको छ।
दुई दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले मन्त्रालयको संख्या भागबन्डा गर्दा रास्वपालाई तीन मन्त्रालय राखेका थिए। तर बिहीबार मन्त्रालयको अन्तिम भागबन्डा गर्दा रास्वपालाई मन्त्रालय छुट्याइएको छैन।
प्रधानमन्त्री प्रचण्डनिकट स्रोतका अनुसार रास्वपाले तत्काल सरकारमा सहभागी नहुने भनेकाले मन्त्रालय नछुट्याइएको हो।
स्रोतका अनुसार कांग्रेसले ८ र नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय लिने भएका छन्। जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीलाई दुई/दुई मन्त्रालय छुट्याइएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टी प्रत्येकले एउटा मन्त्रालय पाउने छन्।
स्वतन्त्र सांसदका तर्फबाट प्रभु साहले एक मन्त्रालय पाउने भएका छन्।
यो पनिः कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, अरू कसले कुन मन्त्रालय पाउने?
नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्दै!