महन्थ ठाकुर- राजेन्द्र महतो समूहका केन्द्रीय नेता मनमोहन चौधरी जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन्।
काठमाडौंको कालिकास्थानमा बुधबार जसपा नेपालको जारी दोस्रो दिनको केन्द्रीय बैठकमा चौधरी सहभागी भएका हुन्।
ठाकुर- महतोले छुट्टै समूह बनाए पनि चौधरी भने साविककै आधिकारिक जसपालाई रोजेका छन्।
तत्कालीन राजपा नेपालका केन्द्रीय नेता चौधरी प्रदेश न. ५ अन्तर्गत हाल लुम्बिनी संस्कृतिक नगरपालिकाका मेयर पनि हुन्।
स्थानीय निर्वाचनको बेला तत्कालीन राजपाले चुनाव बहिस्कार गरेपछि नेता चौधरीले स्वतन्त्र उम्मेदवारी दिई निर्वाचित भएका थिए।