जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधानमाथिको आक्रमणको शृंखला रोकिने संकेत नदेखिएको बताएका छन्।
बिहिबार साँझ मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि आह्वान गरे लगत्तै भट्टराईले सामाजिक सञ्जालमार्फत यस्ताे प्रतिकृया दिएका हुन्।
‘खुराफात शीरोमणि द्वयको षडयन्त्र र संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो। कोरोना महाव्याधिको यत्रो संकटको बेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अँध्यारो सुरूङमा धकेल्नेहरूलाई दण्डित–परास्त गरौं’, भट्टराईले भनेका छन्।