न्यायपरिषदले तीन उच्च अदालतमा प्रमुख न्यायाधीश नियुक्त गरेको छ।
आइतबार बसेको परिषद्को बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौला, नीता गौतम दीक्षित र प्रकाशचन्द्र गजुरेललाई मुख्य न्यायाधीशमा नियुक्त गरेको हो।
परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार हाल जनकपुर उच्च अदालतकै न्यायाधीशका रुपमा कार्यरत गजुरेललाई त्यहीँको मुख्य न्यायाधीश र तुलसीपुर उच्च अदालतमा कार्यरत गौतमलाई त्यहीँको मुख्य न्यायाधीश नियुक्त गरिएको हो।
मुख्य रजिष्टार निरौलालाई दीपायल उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गरिएको हो।
यस्तै हिजैको बैठकले राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा वैजनाथ उपाध्यायलाई नियुक्त गरेको छ।