नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी दिनमा गल्ती नगर्ने प्रतिबद्धतासहित अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन्।
सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै वरिष्ठ नेता नेपालले कुनै पनि निर्णय नगरिकन अध्यादेश फिर्ता हुनुपर्ने समेत बताए।
'कसैसँग सल्लाह नगरी ल्याइएको अध्यादेश फिर्ता हुनुपर्छ।अरू कुनै निर्णय नगरी फिर्ता हुनुपर्छ,'उनले भने,'आगामी दिनमा यसखालका गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउनुपर्छ।'
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेश फिर्ता लिनुपर्ने माग गरेका छन्।
प्रधानमन्त्रीले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश राष्ट्रपतिले जारी गरेपछि नेकपाका बहुमत सचिवालय सदस्यको बैठक बसेको थियो।
बैठकमा अध्यक्ष प्रचण्ड,वरिष्ठ नेता खनाल,नेपाल,उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ थिए।
प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले अध्यादेश फिर्ता लिन माग गरेको छ। बुधबार बस्ने स्थायी कमिटीमा यसबारे छलफल हुने र निर्णय गर्ने समेत पाँच नेताको तयारी छ।