प्रतितिनि सभाका सचिव गोपालनाथ योगीले संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी पाएका छन्।
महासचिवबाट मनोहरप्रसाद भट्टराई सेवा निवृत्त भएपछि सभामुख अग्नि सापकोटाले अर्को व्यवस्था नभएसम्मका लागि योगीलाई जिम्मेवारी दिएका हुन्।
सभामुख संघीय संसदको व्यवस्थापन समितिको प्रमुख हुन्छन्। व्यवस्थापन समितिमा राष्ट्रिय सभाका अध्यक्ष समेत रहन्छन्। सापकोटाले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको परामर्शमा योगीलाई कार्यवाहकको जिम्मेवारी तोकेको जनाएका छन्।
सभामुख सापकोटाले दिएको पत्रमा उनलाई महासचिवले गर्ने सम्पूर्ण कामको जिम्मेवारी हुने र त्यसै अनुसार सेवा सुविधा हुने उल्लेख छ ।