प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो जन्मदिनमा केक काटिएको कुरालाई नचाहिँदो तरिकाले बढाइचढाइ गरिएको बताएका छन्।
बिहीबार राजधानीमा आयोजित वाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनका दिन तेह्रथुमको पुर्खौली घर भएको गाउँमा विकास र खुसीयाली आए पनि पत्रकारले केकमात्र देखेको बताए।
‘गाउँमा बिजुली आएको थियो। खानेपानी आएको थियो। बाटो आएको थियो। बैंक आएको थियो। त्यही दिनमा मेरो जन्म दिन परेको थियो,’ प्रधानमन्त्रीले भने,‘पत्रकारले त्यहाँको विकास र खुसी देखेनन्। भातको हिसाब गरेर बसिरहेका छन्।’
प्रधानमन्त्रीले यसो भन्दा हलभरि हाँसो गुन्जिएको थियो। आफ्नो गाउँको मान्छे प्रधानमन्त्री भएको आएको देखेर दिदीबहिनी खुसी भए। बाजागाजा ल्याए। दशौं हजार मान्छे रमा,’ ओलीले भने,‘ पत्रकार धुरूधुरू रोए।
उनले जन्मदिनमा कसैले केक ल्याएको, कसैले माछामासु, कसैले अन्डा, कसैले रक्सी ल्याएको बताए। ‘म नेवारको ज्वाइँ हो, ऐलामात्र ल्याउ भन्न मिलेन,’ प्रधानमन्त्री ओलीले भने,‘कसले के(के ल्याए। मैले ती सबैको मूल्य कति पर्छ भनेर सोध्न मिलेन। सबै कुरा छोइदिएँ।’
उनले केकमा नेपालको नक्सा हुनु पनि सामान्य कुरा भएको बताए। ‘भारत, अमेरिकामा पनि त्यस्तो चलन छ। मेरै फोटो केकमा राखिएको हुन्छ। म काटिएँ त मैले भनिन्,’ ओलीले भने।
उनले नाकाबन्दीलाई नाकाबन्दी भन्न डराउने कांग्रेसले अहिले केकमा राष्ट्रवाद देखिरहेको बताए। ‘बोल्न खोज्दा हुल्लाबाजी गर्छन् संसदमा भाग्यो भन्छन्,’ ओलीले भने,‘संसदमा दुई तिहाइ ल्याएको नेता भाग्नुपर्छ?’