अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री निवास रहेको बालुवाटारको जग्गा नक्कली मोही खडा गरि हिनामिना प्रकरणमा नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरको छ।
भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी सांसद पदबाट निलम्बित भएका छन्।
२०६६ चैत २९ गते बालुवाटारको प्रधानमन्त्री परिसर विस्तार गर्ने र प्रधानमन्त्री निवास परिसरमा रहेको जग्गा नक्कली मोहीलाई सट्टापट्टा दिने निर्णयको प्रस्ताव भौतिक निर्माण तथा योजना मन्त्रालयबाट गएको थियो। त्यतिबेला माधवकुमार नेपाल सरकारमा गच्छदार भौतिक पूर्वाधार मन्त्री रहेका थिए। प्रधानमन्त्री निवास विस्तारको निर्णय भौतिक योजना मन्त्रालयबाट जानु उचित भएपनि गच्छदारको प्रस्तावमा निवास परिसरभित्रका जग्गा सट्टापट्टा दिने र मोहीलाई सरकारी जग्गा दिने निर्णयको प्रस्ताव समेत गरिएको थियो। जग्गा सट्टापट्टा दिने र मोहीलाई जग्गा दिने वा सरकारी जग्गा दाखिल खारेज गर्ने प्रस्ताव भौतिक योजना मन्त्रालयबाट नभई भूमिसुधारबाट आउनुपर्ने थियो।