नेपाल कम्युनिस्ट पार्टीले ७० औं वार्षिकोत्सव मनाएको छ।
सोमबार राजधानीको प्रज्ञा भवनमा विशेष कार्यक्रम आयोजना गरी पार्टीले ७० औं वार्षिकोत्सव मनाएको हो।
सोही अवसरमा पार्टीले ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको छ। नेकपा सचिवालयको आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त नामको टुंगो लगाएको थियो।
कार्यक्रममा नेकपा अध्यक्षद्वय केरी शर्मा ओली, पुष्पकमल दाहाल नेकपाका शीर्ष नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
हेर्नुस्,सेतोपाटीका लागि नारायण महर्जनले खिचेका तस्बिरहरू :














