प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दललाई कमजोर देख्नु सरकारको भ्रम मात्रै भएको बताएका छन्।
प्रतिपक्ष सधैं बलियो हुने उनले बताए।
‘प्रजातन्त्रमा प्रतिपक्ष सधैं बलियो हुन्छ,’ झापामा आयोजित पत्रकार सम्मेलनमा सोमबार देउवाले भने, ‘प्रतिपक्षलाई कमजोर देख्नु सरकारको भ्रम मात्रै हो।’
उनले ललिता निवासको जग्गा अधिग्रहण भइसकेकोले व्यक्तिको नाममा राख्न नमिल्ने बताए।
यसैगरी, देउवाले विधानअनुसार कार्यसम्पादनलगायत विभागहरू पनि छिट्टै गठन हुने बताए।