गगन थापालाई लक्षित गरी बम प्रहार, थापासहित ११ घाइते

गगन थापालाई लक्षित गरी बम प्रहार, थापासहित ११ घाइते

तस्बिरः दिलीप पौडेलको फेसबुकबाट


काठमाडौं क्षेत्र नम्बर ४ का नेपाली कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरी बम प्रहार भएको छ।

घटनामा उम्मेदवार थापासहित ११ जना घाइते भएका छन्। चुनाबी कार्यक्रमा गएका बेला चपलीको माटो कोलनीमा बम आक्रमण भएको हो। बम आक्रमणमा परी केही कार्यकर्ता गम्भीर घाइते भएका छन्।

बुढानीलकण्ठको चपली हाइट नजिकै बस्तीमा सोमबार बिहान भइरहेको घरदैलो कार्यक्रममा विस्फोट भएको प्रहरीले जनाएको छ।

घाइते थापासहित सबै घाइतेलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।

थापाको पिठ्युमा सामान्य चोट लागेको छ। घाइते मध्ये ४ जनालाई गम्भीर चोट लागेको छ।

गगनको पिठ्यूँमा चोट, एक्सरे गरिँदै

हिंसात्मक घटनाबाट आतंकित नहुन बम बिस्फोटका घाइते थापाको आग्रह

गगन थापालाई लक्षित गरि भएको बम विस्फोटमा ४ गम्भीर, घाइतेको नामावलीसहित

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.