गगनको पिठ्यूँमा चोट, एक्सरे गरिँदै

गगनको पिठ्यूँमा चोट, एक्सरे गरिँदै

तस्बिरः दिलीप पौडेलको फेसबुकबाट


बम आक्रमणमा परेका कांग्रेस नेता गगन थापाको अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन्।

थापाका सहयोगी प्रताप पौडेलका अनुसार त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका  थापाको बमको छर्राले पिठ्यूँमा चोट लागेको छ। चिकित्सकहरुले उनको एक्सरे गरिरहेका छन्।

बम थापालाई लक्षित गरी बम प्रहार गरिए पनि उनी छिटो  हिँडेकाले उनको पछाडि बम पड्केको थियो। पछाडिबाट आएको छर्रा उनको पिठ्यूमा लागेको हो।

घटनामा घाइते २ जनाको भने अवस्था गम्भीर रहेको पौडेलले जानकारी दिए। घाइते श्यामकृष्ण श्रेष्ठ र रामकाजी श्रेष्ठको बेहोस अवस्थामा उपचार भइरहेको छ। घटनामा सुमन खड्का, रवीन्द्र कार्की, ध्रुव खड्का, पूर्ण श्रेष्ठ र रेणु बडुवाल घाइते भएका छन्।

सोमबार बुढानिलकण्ठ–२ मा घरदैलो गरिरहेका थापाको प्रचार टोलीमाथि बम प्रहार भएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.