गगन थापालाई लक्षित गरि भएको बम विस्फोटमा ४ गम्भीर, घाइतेको नामावलीसहित

गगन थापालाई लक्षित गरि भएको बम विस्फोटमा ४ गम्भीर, घाइतेको नामावलीसहित


चुनावी प्रचारका क्रममा नारायणस्थानस्थित चपली हाइटमा काठमाडौं–४ का कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरेर बम विस्फोटन गराउँदा थापासहित ११ जना घाइते भएका छन्। घाइतेहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइते मध्ये ४ जनाको अवस्था अत्यन्त गम्भीर रहेको र बाँकी सातजनाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन्।

गम्भीर घाइते र घाइतेहरुको नामावली

  1. जय राज लामिछाने २७ वर्ष- गम्भीर
  2. राजकाजी श्रेष्ठ- ३९ वर्ष- गम्भीर
  3. रेनु बरुवाल- ३२ गम्भीर
  4. श्याम कृष्ण श्रेष्ठ- गम्भीर
  5. रोशन राम थापा- ५२ वर्ष- सामान्य
  6. ध्रुब खड्का -४० वर्ष- सामान्य
  7. पुष्पबहादुर श्रेष्ठ- ४७ वर्ष- सामान्य
  8. सुमन खड्का- २३ सामान्य
  9. गगन थापा ४० वर्ष- सामान्य
  10. राधिका कार्की- ४४ सामान्य
  11. काशीलाल श्रेष्ठ- ४७ वर्ष- सामान्य

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.