हिंसात्मक घटनाबाट आतंकित नहुन बम बिस्फोटका घाइते थापाको आग्रह

तस्बिरः दिलीप पौडेलको फेसबुकबाट


प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं ४ का उम्मेदवार गगनकुमार थापाले हिंसात्मक घटनाबाट आतंकित नहुन मतदाताहरूलाई अपिल गरेका छन्।

सोमबार बिहान घरदैलोका क्रममा आफूमाथि लक्षित गर्दै भएको विस्फोटमा घाइते भइ शिक्षण अस्पतालमा उपचार गराइरहेका थापाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आतंकित नभइ मतदानमा सहभागी हुन सबै मतदातामा अपिल गरेका छन्।

आफूमाथि  योजनाबद्ध तरिकाले आक्रमण भएको भन्दै थापाले घरदैलोको क्रममा भौतिक आक्रमण जस्तो  हिंसात्मक घटनाबाट मतदाताहरू आतंकित नहुन अनुरोध गरेका छन्।

थापा घरदैलो कार्यक्रममा सोमबार बिहान बम विस्फोटमा परेका थिए। घटनामा परी घाइते भएका थापाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.